माइतीघरको डुबान हटाउन ढल निकास फराकिलो बनाउँदै काठमाडौं महानगर

काठमाडौं, १३ साउन । काठमाडौं महानगरपालिकाले वर्षायाममा माइतीघर क्षेत्रमा हुने डुबान समस्या समाधानका लागि ढल निकास फराकिलो बनाउने काम सुरु गरेको छ। महानगरले वडा नम्बर–११ अन्तर्गत पानीको निकासमा अवरोध बनेका संरचना हटाउँदै ढलको बहाव सहज बनाउने काम अघि बढाएको हो। महानगरको विपद् व्यवस्थापन विभागका प्रमुख अनिरुद्र नेपालले प्राविधिक समितिको प्रतिवेदनका आधारमा निकासमा रहेका अवरोध हटाउने…