काठमाडौं, १३ साउन । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले प्रधानमन्त्री बालेन्द्र शाह र गृह मन्त्री सुदन गुरूङ सर्बदलीय बैठकमा उपस्थित नभएको प्रति कटाक्ष हान्नुभएको छ । सुनसरीलगायतका घटनामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले बोलाएको सर्बदलीय बैठकमा प्रधानमन्त्री शाह र गृहमन्त्री गुरूङ बैठकमा नगएपछि उहाँको कटाक्ष आएको हो ।
‘प्रम र गृहमन्त्री सर्वदलीय बैठकमा नजानु उनको राजनीतिक मान्यता, स्वभाव र उदयका आधारका दृष्टिले दुखद विषय नै हैन्, ती त मशान जाग्ने बेला बिउँझन्छन अनि स्टाटसमा साक्षात्कार हुन्छन,’ उहाँको कटाक्षमा उल्लेख छ, ‘र, अर्को होटल र नाकामा छापा मार्दा धम्काउदै गर्जेको देखिन्छ। दुःखको कुरा सभापति आफ्नै सत्ता निरिह बन्नु हो ।’







प्रतिक्रिया