कप्तानगञ्ज घटनाको जिम्मेवारी कसले लिने ? प्रधानमन्त्री र गृहमन्त्रीलाई सांसद शर्माको प्रश्न

काठमाडौं, १४ साउन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद गोपाल शर्माले सुनसरीको कप्तानगञ्ज घटनाको जिम्मेवारी कसले लिने भन्दै प्रधानमन्त्री र गृहमन्त्रीसँग प्रश्न गर्नुभएको छ। प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उहाँले प्रहरीको गोलीबाट नागरिकको मृत्यु भएको घटनाको जिम्मेवारी प्रधानमन्त्री र गृहमन्त्रीले लिने हो कि प्रहरी प्रशासनले नै लिने हो भन्ने प्रश्न गर्नुभयो। नागरिकको ज्यान गएको र घटनाले…