प्रहरीको गोलीबाट युवकको मृत्यु भएको दाबीप्रति राप्रपा सांसद ओलीको प्रश्न

काठमाडौं । राप्रपा सांसद खुश्बु ओलीले प्रहरीको गोलीबाट युवकको मृत्यु भएको भन्दै प्रधानमन्त्रीले सामाजिक सञ्जालमा लेखेको स्टाटसबारे प्रश्न उठाउनुभएको छ ।

अनुसन्धान पूरा नहुँदै प्रधानमन्त्रीले प्रहरीको गोलीबाट मृत्यु भएको उल्लेख गरेको भन्दै उहाँले त्यसको आधारबारे प्रश्न गर्नुभएको हो । कुन अध्ययन वा अनुसन्धानले प्रहरीको गोलीबाट युवकको मृत्यु भएको पुष्टि गरेको हो भन्दै उहाँले प्रश्न गर्नुभयो ।

सांसद ओलीले आफूहरूको मुख्य प्रश्न युवकको मृत्यु कसको गोलीबाट भएको भन्ने रहेको बताउनुभयो । उहाँले घटनाको सत्यतथ्य सार्वजनिक गर्दै जवाफ दिनुपर्ने माग गर्नुभयो ।

“हाम्रो प्रश्न कसको गोलीबाट युवकको मृत्यु भएको हो, जवाफ चाहिन्छ,” उहाँले भन्नुभयो।

प्रकाशित मिति: १४ श्रावण २०८३, बिहिबार  १२ : १७  बजे