प्रधानमन्त्रीले बोलाए सुरक्षा परिषद् बैठक

काठमाडौं, १४ साउन। राष्ट्रिय सुरक्षा परिषद्को बैठक आज बस्दैछ ।प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ः३० बजे बैठक बस्न लागेको हो ।बैठकमा पछिल्लो समयमा उत्पन्न परिस्थिति र समसामयिक विषयमा छलफल हुनेछ । राष्ट्रिय सुरक्षा परिषद्‍मा प्रधानमन्त्री, रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, नेपाल सरकारका मुख्य सचिव, प्रधान सेनापति र रक्षा सचिव रहने व्यवस्था छ ।

प्रकाशित मिति: १४ श्रावण २०८३, बिहिबार  १० : ५२  बजे