काठमाडौँका खोला आसपासमा सतर्कता अप्नाउन आग्रह

काठमाडौं, १३ साउन । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान शाखाले उपत्यकामा भएको निरन्तर वर्षाका कारण काठमाडौँका नदीखोला सतर्कता तहको आसपास रहेको बताएको छ ।

मौसमविद् सौहार्द जोशीका अनुसार बागमती, धोबीखोला लगायत काठमाडौँ कोरिडोर क्षेत्रमा खोला सतर्कता तह आसपास पुगेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “काठमाडौँको खोलाहरु बढेको देखिन्छ । सानो–सानो खोलामा थोरै पानीमा तत्काल बढ्न सकने भएकोले धोबीखोला सतर्कता तह आसपास देखिन्छ । काठमाडौँको कोरिडोर आसपास दैनिक आवात्जावत् हुने भएकोले ख्याल गर्नुपर्ने देखिन्छ ।”

लुम्बिनी, कर्णाली, बागमती, गण्डकी, कोशी प्रदेश र कर्णालीको तल्लो भेगबाहेक सबै स्थानमा मध्यमदेखि भारी वर्षा भएको छ ।

बिहीबार बिहानसम्म विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेकोले सतर्कता आप्नाउन आग्रह गरिएको उहाँको भनाइ छ ।

प्रकाशित मिति: १३ श्रावण २०८३, बुधबार  २० : ३६  बजे