काठमाडौं, १५ साउन । पाकिस्तानको ८,०४७ मिटर अग्लो ब्रोड पिकमा हिमपहिरो खस्दा नेपालका चर्चित पर्वतारोही निर्मल पुर्जासहित १० आरोही सम्पर्कविहीन भएका छन् ।
पाकिस्तानको अल्पाइन क्लबका अनुसार बिहीबार दिउँसो काराकोरम क्षेत्रमा आरोहण गरिरहेको टोलीमाथि हिमपहिरो खसेपछि उनीहरूसँग सम्पर्क विच्छेद भएको हो । टोलीमा नेपाल, पाकिस्तान, ओमान, अमेरिका, चीनलगायतका आरोही सहभागी रहेको जनाइएको छ ।
घटनापछि खोज तथा उद्धारका लागि सरकारी निकायसँग समन्वय भइरहेको र मौसम तथा अवस्थाले अनुमति दिए हेलिकप्टरसहित उपलब्ध स्रोत परिचालन गरिने क्लबले जनाएको छ ।
निर्मल पुर्जाले सन् २०१९ मा विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल १८९ दिनमा आरोहण गरी विश्व कीर्तिमान कायम गरेका थिए ।







प्रतिक्रिया