काठमाडौं, १६ साउन । धनुषा, सप्तरी र सिरहा जिल्ला प्रशासन कार्यालयले आज बिहानका लागि कर्फ्यु केही खुकुलो पारेका छन् ।विशेषगरी अत्यावश्यक काम र किनमेलका लागि बिहान ७ बजेदेखि ९ बजेसम्म केही सहज बनाएको र तोकिएको समयपछि कर्फ्युको पूर्ण रूपमा पालना गर्न र शान्ति सुरक्षा कायम राख्न सप्तरी जिल्ला प्रशासनले आग्रह गरेको छ ।एकै ठाउँमा पाँच जना भन्दा धेरै मानिस भेला जम्मा भइ उश्रृङ्खल गतिविधि गरे वा गराइएको पाइएमा कानून बमोजिम कारवाही हुने प्रशासनले जनाएको छ ।त्यस्तै धनुषा र सिरहामा बिहान ५ देखि १० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइनेछ । कर्फ्युका बेला अस्पताल, फार्मेसी, हवाई सेवा, ग्यास आपूर्ति, पेट्रोलियम ढुवानी तथा बिक्री, एम्बुलेन्स, दमकल, शववाहन, पानी तथा दूध बोकेका सवारी साधनलगायतका अत्यावश्यक सेवा भने सञ्चालनमा रहनेछन् ।त्यसैगरी, स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सञ्चारकर्मी, रेडक्रसकर्मी, तीर्थयात्री, बिरामी, विमानस्थल आउजाउ गर्ने यात्रीलाई सम्बन्धित निकायबाट जारी भएको परिचयपत्र, हवाई टिकटका आधारमा आवतजावत गर्न दिइनेछ ।
0
Shares







प्रतिक्रिया