आज देशभर वर्षाको सम्भावना, चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको चेतावनी

काठमाडौँ, ६ भदौ । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले शनिबार देशभर सामान्यदेखि पूर्ण बदली रही विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेकाले कोशी, बागमती र गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित…