वडाध्यक्षदेखि बागमतीको मुख्यमन्त्रीसम्म : किरण थापा मगरको राजनीतिक यात्रा

हेटौँडा, ५ भदौ । बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएका किरण थापा मगरको राजनीतिक यात्रा स्थानीय तहको वडाध्यक्षदेखि प्रदेश सरकारको नेतृत्वसम्म पुगेको छ। भक्तपुरको सूर्यविनायक नगरपालिका–८, सिपाडोलमा २०३३ भदौ १४ गते जन्मिनुभएका थापा मगर सामान्य परिवारबाट राजनीतिमा प्रवेश गर्नुभएको हो। उहाँले प्रविणता प्रमाणपत्र तहसम्मको औपचारिक शिक्षा हासिल गर्नुभएको छ। विसं २०४७ देखि राजनीति तथा सामाजिक सेवामा…