काठमाडौं, १ कात्तिक । दसैँ मनाउन काठमाडौं उपत्यकाबाट झन्डै पाँच लाख यात्रु बाहिरिएका छन्।
घटस्थापनादेखि असोज ३१ गते शनिबारसम्म सार्वजनिक सवारीसाधनमार्फत ४ लाख ९६ हजार ३२३ जना यात्रु उपत्यकाबाट बाहिरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिनुभयो।
उहाँका अनुसार असोज २५ गतेदेखि उपत्यका छाड्ने यात्रुको सङ्ख्या बढ्न थालेको हो। अघिल्ला दिनको तुलनामा आइतबार बाहिरिने यात्रुको सङ्ख्या घटेको छ।
नयाँ बसपार्क, माछापोखरी, कलङ्की, बल्खु, कोटेश्वर र गौशालामा यात्रुको चाप रहेको छ। यात्रुहरू फर्पिङ, नागढुङ्गा, थानकोट, भीमढुङ्गा, तीनपिप्ले, साँखु, भक्तपुरको जगाती र ललितपुरको भट्टेडाँडा नाका हुँदै उपत्यकाबाट बाहिरिएका छन्।
यस वर्ष दसैँ मनाउन काठमाडौं उपत्यकाबाट झन्डै १० लाख यात्रु बाहिरिने अनुमान गरिएको छ।












प्रतिक्रिया