झलनाथ खनाल अस्पताल भर्ना, स्वास्थ्य अवस्था बुझ्न ओली अस्पताल पुगे

काठमाडौं, १ कात्तिक । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनाल मुटुसम्बन्धी समस्या देखिएपछि अस्पताल भर्ना हुनुभएको छ ।

खनाललाई आइतबार काठमाडौंस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको हो । उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको सचिवालयले जनाएको छ ।

यसैबीच, खनालको स्वास्थ्य अवस्था बुझ्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ह्याम्स अस्पताल पुग्नुभएको छ । ओलीले अस्पतालमा खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।

प्रकाशित मिति: १ कार्तिक २०८३, आइतबार  २० : ३०  बजे