गाईवस्तुको दानामा प्रयोग हुने चोकर प्रियागोल्ड बिस्कुटमा , बजारबाट फिर्ता गर्न निर्देशन

काठमाडौं, १ कात्तिक । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भारतीय ब्रान्ड ‘प्रियागोल्ड बिस्कुट’को आयात, बिक्री तथा वितरणमा तत्काल रोक लगाएको छ।

बिस्कुटमा मानिसले खान नमिल्ने र गाईवस्तुको दानामा प्रयोग हुने चोकर भेटिएको भन्दै विभागले बजारमा रहेका सबै उत्पादन फिर्ता गर्न निर्देशन दिएको हो।

भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरणले जारी गरेको सूचनाका आधारमा नेपालमा पनि उक्त बिस्कुटको आयात तथा बिक्रीमा रोक लगाउने निर्णय गरिएको विभागले जनाएको छ।

प्रकाशित मिति: १ कार्तिक २०८३, आइतबार  २० : १६  बजे