पोखरा, ५ भदौ । प्रधानमन्त्री बालेन शाह कास्कीको माछापुच्छ्रे गाउँपालिका–६ अस्तामस्थित अन्नपूर्ण ईको भिलेज रिसोर्ट पुगेका छन्।
प्रधानमन्त्री शाह शुक्रबार पोखरा हुँदै अस्ताम पुगेका हुन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार उहाँको यो भ्रमण पूर्णतः पारिवारिक रहेको छ।
प्रधानमन्त्री शाह शुक्रबार राति सोही रिसोर्टमा बस्ने र शनिबार त्यहाँबाट मुस्ताङ जाने कार्यतालिका रहेको जनाइएको छ।
प्रधानमन्त्री शाह मुस्ताङ भ्रमणमा जाने विषय यसअघि नै सार्वजनिक भए पनि भ्रमणको विस्तृत कार्यक्रम भने सार्वजनिक गरिएको छैन।












प्रतिक्रिया