काठमाडौं, १० पुस । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताका गएर बहुमत ल्याउन एमाले तयार रहेको बताउनुभएको छ। राष्ट्रिय महाधिवेशनमा खटिएका स्वयंसेवकहरुलाई सम्मान र प्रमाणपत्र वितरण गन आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री ओलीले आफूहरू प्रतिनिधिसभाको पुनःस्थापनाको पक्षमा रहे पनि शान्तिपूर्ण वातावरणमा चुनाव हुने भने त्यसको सामना गर्न तयार रहेको बताउनुभएको हो…