काठमाडौंको मौसम बदली, तराईमा हुस्सु र कुहिरोको प्रभाव उस्तै

काठमाडौं, १०  पुस  । काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा मौसम बदली भएको छ । हिजो र अस्ति दिनभर पारिलो घाम लागेको काठमाडाको आकाशमा आज बिहानैदेखि बादल लागेको छ । दिउँसो पनि बादल लाग्ने र हिजोजस्तो पारिलो घाम लाग्ने सम्भावना कम रहेको मौसमविदले बताएका छन् । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको…