काठमाडौं, १२ पुस । तराईका केही ठाउँमा आज दिनभर हुस्सु लाग्ने सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार तराई क्षेत्रमा अहिले बिहान हुस्सु÷कुहिरो लागेको छ ।दिउँसो पनि तराईमा हुस्सुको प्रभाव कायमै रहनेछ । देशभर पश्चिमी वायूको आंशिक प्रभाव छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम आंशिक बदली रहेको महाशाखाले जनाएको छ ।…