काठमाडौँ, १६ वैशाख । बुटवल मा तीन जना सवार स्कुटर दुर्घटना हुँदा दुई युवतीको मृत्यु भएको छ।
प्रहरीका अनुसार पाल्पाको नुवाकोटबाट बुटवलतर्फ आउँदै गरेको लु ३४ प ५७६६ नम्बरको स्कुटर बेलबासमाथि भ्यू टावर नजिकै अनियन्त्रित भई दुर्घटनामा परेको हो। दुर्घटनामा कपिलवस्तु बाणगंगा नगरपालिका–७ की १९ वर्षीया निशा कुँवर र बुटवल उपमहानगरपालिका–११ की १८ वर्षीया पूर्णिमा मगरको ज्यान गएको छ।
स्कुटर चालक सोमन श्रेष्ठ गम्भीर घाइते भएका छन्। उनको अवस्था चिन्ताजनक रहेको र उपचार भइरहेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी निशान्त श्रीवास्तवका अनुसार दुर्घटना मंगलबार साँझ भएको हो र घटनाबारे थप अनुसन्धान जारी रहेको छ।








प्रतिक्रिया