जनआस्थाको कार्यालयमा प्रहरी प्रवेश गरी सञ्चार सामग्री जफत गरेको भन्दै पत्रकार महासंघको विरोध

काठमाडौं, २९ साउन । नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकको कार्यालयमा प्रहरी प्रवेश गरी कम्प्युटर, मोबाइल फोनलगायत सञ्चार सामग्री नियन्त्रणमा लिएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ। महासंघले शुक्रबार विज्ञप्ति जारी गर्दै प्रहरीको उक्त कदम प्रेस स्वतन्त्रता र सञ्चारको संवैधानिक अधिकारमाथिको गम्भीर हस्तक्षेप भएको जनाएको हो। महासंघले नेपालको संविधानको धारा १९ को उपधारा २ ले कुनै समाचार,…