झापा, २६ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सुरक्षा भत्तामा उल्लेखनीय वृद्धिको दाबी गर्दै ०५१ सालमा सुरु भएको यस कार्यक्रमलाई प्रधानमन्त्री रहँदा ४ हजार रुपैयाँसम्म पुर्याएको जानकारी गराउनुभयो। घरदैलो अभियानका क्रममा मतदातासँगको संवादमा उहाँले सरकारहरू पटक–पटक फेरिँदा अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा पुगेकाले भत्ता थप्न नसकिएको व्याख्या गर्नुभयो। तर सामाजिक सुरक्षाको दायरा विस्तार गर्ने…