बमको धम्कीपछि अस्ट्रियन एयरलाइन्सको जहाज बुल्गेरियामा आकस्मिक अवतरण

काठमाडौं, २ कात्तिक । बम राखिएको धम्की आएपछि इजरायलको तेल अभिभबाट अस्ट्रियाको भियना जाँदै गरेको अस्ट्रियन एयरलाइन्सको जहाज बुल्गेरियाको सोफियामा आकस्मिक अवतरण गरिएको छ।

इजरायली पत्रिका ‘हारेट्ज’का अनुसार अस्ट्रियाका एक नागरिकले वायुसेवा कम्पनीलाई जहाजमा बम रहेको भन्दै खतराको सूचना दिएका थिए। ती व्यक्ति भने उक्त जहाजमा सवार थिएनन्।

बमको धम्कीपछि पाइलटले जहाजलाई सोफियामा आकस्मिक अवतरण गराउने निर्णय गरेको समाचार एजेन्सी तासले जनाएको छ।

जहाजबाट सबै यात्रुलाई सुरक्षित बाहिर निकालिएको छ। घटनापछि विशेषज्ञहरूले जहाजको प्राविधिक जाँच गरिरहेका छन्।

प्रकाशित मिति: २ कार्तिक २०८३, सोमबार  १२ : ५९  बजे