रोल्पा पहिरोमा मृत्यु हुनेको संख्या सात पुग्यो, पाँच जना अझै बेपत्ता

रोल्पा, २८ साउन । रोल्पाको थबाङ गाउँपालिका–५, कोटलबारामा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या सात पुगेको छ। पहिरोमा परी पाँच जना अझै बेपत्ता छन्। सशस्त्र प्रहरीका अनुसार पहिरोमा परी २२ वर्षीय हिमाल पुनमगर र २५ वर्षीय सञ्जय घर्तीमगर घाइते भएका छन्। उनीहरूलाई थबाङ स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि थप उपचारका लागि बुटवल पठाइएको छ। मृत्यु हुनेको…