आज दिउँसो मध्यम, राति भारी वर्षाको सम्भावना

काठमाडौं, २८ साउन । देशका केही स्थानमा आज वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसोको तुलनामा राति बढी वर्षा हुने सम्भावना छ ।

दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका हिमाली–पहाडी भूभागका थोरै स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ ।

राति कोशी, बागमती, गण्डकी र लुम्बिनीका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा भारी वर्षा हुने पूर्वानुमान छ । गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा धेरै भारी वर्षा हुन सक्ने विभागले जनाएको छ ।

तराईका केही स्थानमा पनि मध्यम वर्षाको सम्भावना रहेको छ ।

देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास रहेको विभागले जनाएको छ ।

प्रकाशित मिति: २८ श्रावण २०८३, बिहिबार  ०८ : २९  बजे