बागलुङ, २९ साउन । अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण बागलुङका दुई राष्ट्रिय राजमार्ग अवरुद्ध भएका छन् । कालीगण्डकी करिडोरको बागलुङ खण्ड र मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड आज बिहानैदेखि अवरुद्ध भएका जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । बागलुङ नगरपालिका–१३ स्थित कालाखोला बगरमा पहिरो खसेपछि कालीगण्डकी करिडोर अवरुद्ध भएको हो । त्यस्तै, मध्यपहाडी लोकमार्गअन्तर्गत…