काठमाडौं, २६ चैत्र । विद्युतीय चुरोट (भेप) मा लुकाएर सुन तस्करी गराएको आरोपमा पूर्वसभामुख एवम् नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता कृष्णबहादुर महरा र नेपाल सरकारका सहसचिव अरुण पोखरेलसहित २८ जनाविरुद्ध आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । चिनियाँ तस्करसँग मिलेर भेपको आवरणमा सुनको अवैध ओसारपसार गराएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महरा,…