काठमाडौं, ३० साउन । नेपालमा पछिल्लो २४ घण्टामा मनसुनजन्य विपद् तथा अन्य प्राकृतिक प्रकोपका घटनामा परी १३ जनाको मृत्यु भएको छ। पाँच जना अझै बेपत्ता छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा देशका ४३ जिल्लामा ५२ वटा विपद्का घटना भएका छन्। ती घटनामा ४३ जना घाइते भएका छन्। विपद्का कारण…