भ्रष्टाचार अन्त्य र चुस्त सेवा प्रवाह नै सरकारको प्राथमिकता : राष्ट्रपति

काठमाडौं, २७ चैत्र । राष्ट्रपति रामचन्द्र पौडेलले आमनागरिकले राज्यको अनुभूति गर्न पाउने गरी सार्वजनिक सेवा प्रवाहलाई चुस्त र दुरुस्त बनाउन सरकारलाई आग्रह गर्नुभएको छ । सङ्घीय संसद्को संयुक्त सदनलाई आज सम्बोधन गर्दै उहाँले नागरिकले उत्तरदायी, पारदर्शी र भ्रष्टाचारमुक्त शासन प्रणालीको तीव्र आकाङ्क्षा राखेका बताउनुभएको हो । राष्ट्रपति पौडेलले सुशासनको प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणका लागि युवा…