काठमाडौं, २९ चैत । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार सार्वजनिक गरेको विवरणअनुसार उहाँसँग उल्लेख्य मात्रामा नगद, पैतृक जग्गाजमिन तथा गरगहना रहेको देखिएको छ। सार्वजनिक विवरणअनुसार प्रधानमन्त्री शाहले १ करोड ४६ लाख रुपैयाँ नगद मौज्दात रहेको खुलाउनुभएको छ। उक्त रकम फेसबुक, युट्युब, टिकटक र इन्स्टाग्रामजस्ता सामाजिक…