काठमाडौं, ३० चैत्र । पूर्वराजा ज्ञानेन्द्र शाह ले देशको पछिल्लो राजनीतिक तथा आर्थिक अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै नेपाल “प्रयोगशाला मात्र बनेको” टिप्पणी गर्नुभएको छ। नयाँ वर्षको पूर्वसन्ध्यामा शुभकामना सन्देश जारी गर्दै उहाँले राष्ट्रिय राजनीति, राज्यपद्धति र शासन प्रशासनमा भएका निरन्तर फेरबदलले मुलुकलाई प्रगतिको बाटोमा अघि बढाउन नसकी उल्टै पछाडि धकेलेको बताउनुभयो। उहाँले भन्नुभयो, “हामी…