काठमाडौं, १ भदौ । श्रावण शुक्ल पञ्चमीका अवसरमा आज नागपञ्चमी पर्व परम्पराअनुसार नागको पूजाआजा गरी मनाइँदैछ। यस दिन घरको मूलढोकामा विधिपूर्वक नागको तस्वीर टाँस्ने तथा नाग, सर्पलगायत जीवको पूजा गर्ने चलन छ। धार्मिक मान्यताअनुसार नागको तस्वीर घरमा टाँस्दा नाग, सर्प र बिच्छीलगायत जीवबाट हुने भय तथा अग्नि, मेघ र चट्याङको जोखिमबाट सुरक्षा हुने विश्वास गरिन्छ।…