काठमाडौं, १ भदौ । सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठको घर तथा कार्यालयबाट प्रहरीले बरामद गरेका कम्प्युटर, ल्यापटपलगायत सबै सामान फिर्ता गर्न आदेश दिएको छ । श्रेष्ठले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले बरामद सामान फिर्ता गर्न आदेश दिएको हो । अदालतले बरामद गरिएका सामान अदालतका सहरजिष्ट्रारको…