काठमाडौं, ३ वैशाख । सर्वोच्च अदालतले पूर्वमन्त्री दिपक खड्कालाई रिहा गर्न आदेश दिएको छ। बिहीबार सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको संयुक्त इजलासले खड्कालाई थुनामुक्त गर्न आदेश दिएको हो। विदेश जान भने उहाँले अदालतको अनुमति लिनुपर्ने आदेश भएको छ। सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ पर्नुभएका नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री खड्काको तर्फबाट…