धनगढी, २ भदौ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बुधबार प्रदेशसभाबाट विश्वासको मत लिनुहुने भएको छ। नेकपा संसदीय दलका नेता भट्ट एमालेको समर्थनमा साउन २९ गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो। मुख्यमन्त्री नियुक्त भएपछि उहाँले मंगलबार नेकपा संसदीय दलको बैठक बोलाएर बुधबार विश्वासको मत लिने निर्णय गर्नुभएको हो। मुख्यमन्त्री भट्टले मंगलबार नै प्रदेशसभा सचिवालयलाई पत्राचार गर्दै…