त्रिभुवन विमानस्थलबाट ३९ किलो थाई गाँजासहित ८ विदेशी नागरिक पक्राउ

काठमाडौं,३ भदौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ४० किलो थाई गाँजासहित आठ विदेशी नागरिक पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरोको विमानस्थल शाखाबाट खटिएको प्रहरी टोलीले साउन ३२ गते राति छुट्टाछुट्टै उडानबाट नेपाल आएका पाँच म्यानमार र तीन भारतीय नागरिकलाई पक्राउ गरेको हो । उनीहरूको साथबाट ३९ किलो २८८ ग्राम थाई गाँजा बरामद भएको प्रहरीले…