डाइभर्सन बग्दा विपी राजमार्गमा सवारी आवागमन बन्द

बनेपा, ६ वैशाख। शनिबार दिउँसो परेको वर्षाका कारण विपी राजमार्गमा सवारी आवागमन अवरुद्ध भएको छ । वर्षासँगै रोसी खोलामा आएको बाढीले राजमार्गका विभिन्न स्थानका डाइभर्सन सडक बगाएपछि यातायात बन्द भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । कार्यालयका प्रहरी नायब उपरीक्षक रबिन बिष्टका अनुसार रोसी खोलामा आएको बाढीले चारसयबेसी, घुमाउने, दाउन्ने, नार्केललगायत स्थानका डाइभर्सन सडक…