काठमाडौं, २९ साउन । सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई बरामद गरिएका सामानसहित भदौ १ गते अदालतमा उपस्थित गराउन आदेश दिएको छ ।
श्रेष्ठकी पत्नी सरस्वतीले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश बालकृष्ण ढकालको इजलासले यस्तो आदेश दिएको हो ।
इजलासले श्रेष्ठको निवास र जनआस्था कार्यालयबाट प्रहरीले बरामद गरेका सामानसमेत साथमा राखी उनलाई भदौ १ गते अदालतमा उपस्थित गराउन आदेश दिएको छ ।
रिट निवेदकका तर्फबाट अधिवक्ताहरू टीकाराम भट्टराई र रमेश बडालले बहस गर्नुभएको थियो ।












प्रतिक्रिया