काठमाडौं, १ कातिक । राष्ट्रपति रामचन्द्र पौडेलले बौद्धिक समुदायका अगुवाहरू समक्ष सरकार र राजनीतिक दलहरूलाई खबरदारी गरिदिन आग्रह गर्नुभएको छ । राष्ट्रपति भवन शीतलनिवासमा बौद्धिक समुदायका ११ जना अगुवाहरूलाई शनिबार छलफलका लागि बोलाएर उनले सरकार र राजनीतिक दलहरूलाई खबरदारी गरिदिन आग्रह गर्नुभएको हो । छलफलमा सहभागीहरूका अनुसार राष्ट्रपतिले दलहरूलाई आगामी २१ फागुनका लागि निर्धारण भएको…