ईश्वरी हत्याको अभियोगमा थप ३ जना पक्राउ

काठमाडौं, २४ जेठ । तारकेश्वर नगरपालिका–६, लोलाङ, पैँयुटारमा हिजो भएको ईश्वरी भुजेलको हत्या आरोपमा थप ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । ईश्वरीको धारिलो हतियार प्रहार गरी हत्याको आरोपमा मुख्य अभियुक्त पति ‘नेपाली ब्रो’ भन्ने कुमार थापा मगर हिजै बालाजुबाट पक्राउ परेका थिए ।

उक्त घटनामा अरु पनि संलग्न भनी ईश्वरीका माइती पक्षले दिएको जाहेरीका आधारमा अन्य ३ जनालाई पक्राउ गरिएको एसपी पवनकुमार भट्टराईले बताउनुभयो ।

पक्राउ पर्नेहरूमा नुवाकोट–३ घर भई हाल तारकेश्वर बस्ने ३६ वर्षका विक्रम थापा मागर, बालाजु बस्ने ४० वर्षीया पुजन थापा र जुम्ला घर भई हाल गोकर्णेश्वर बस्ने २५ वर्षीया प्रतीक्षा आचार्य रहेको प्रहरीले बताएको छ । उनीहरू चारैजनालाई काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी हिरासतमा राखिएको एसपी भट्टराईले बताउनुभयो ।

प्रकाशित मिति: २४ जेष्ठ २०८३, आइतबार  १९ : २०  बजे