काठमाडौं, ५ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङको नाम करोडौँ रुपैयाँको लेनदेन तथा ठगीसम्बन्धी विवादमा जोडिएको छ। अमेरिकामा रहेकी कुष्मा बुढाथोकी र झापाका जीवनप्रसाद बाँस्कोटाबीचको आर्थिक कारोबारसम्बन्धी विवादमा सांसद तामाङको नाम उल्लेख भएपछि प्रहरीले प्रारम्भिक अनुसन्धान सुरु गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पीडित पक्षले दिएको निवेदनका आधारमा आवश्यक विवरण…