स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन, लोकसेवा पदपूर्ति खुलाउन माग

काठमाडौं, ६ साउन । सरकारले स्थायी कर्मचारी नियुक्ति प्रक्रिया अस्थायी रूपमा रोकेको निर्णयको विरोध गर्दै युवा तथा लोकसेवा तयारी गरिरहेका विद्यार्थीहरू माइतीघर मण्डलामा प्रदर्शनमा उत्रिएका छन्। प्रदर्शनकारीहरूले सचिवस्तरीय बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पूर्वस्वीकृतिबिना स्थायी पदपूर्तिका लागि लोकसेवा आयोगमा माग नपठाउने निर्णय तत्काल खारेज गर्न माग गरेका छन्। उनीहरूले लोकसेवाको पूर्वनिर्धारित कार्यतालिकाअनुसार विज्ञापन र परीक्षा…