देशका यी विशिष्ट व्यक्तित्वहरूले कहाँबाट गर्दै हुनुहुन्छ मतदान?

काठमाडौँ, २० फागुन । प्रतिनिधिसभा सदस्यको भोलि फागुन २१ गते हुने निर्वाचनका अवसरमा माननीय प्रधानमन्त्रीदेखि विभिन्न राजनीतिक दलका शीर्ष नेता, संवैधानिक निकायका पदाधिकारी, उद्योगी, शिक्षाविद् तथा कलाकारसम्मले आ–आफ्नो नामावली रहेको मतदान केन्द्रबाट मतदान गर्नुहुने कार्यक्रम रहेको छ। माननीय प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँको टोखा नगरपालिका–धापासीस्थित मतदान केन्द्रबाट मतदान गर्नुहुने उहाँका प्रेस सल्लाहकारले जानकारी दिनुभएको छ। राष्ट्रियसभा…