जनकपुरबाट प्रचण्डको घोषणा : एमालेसँग सहकार्य औपचारिक रूपमा अघि बढ्यो

जनकपुरधाम, ५ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग राजनीतिक सहकार्यको प्रक्रिया औपचारिक रूपमा अघि बढिसकेको बताउनुभएको छ। जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै संयोजक दाहालले पछिल्लो राजनीतिक घटनाक्रमले वाम शक्तिहरूबीच सहकार्यको वातावरण बनेको र एमालेसँगको सहकार्य औपचारिक रूपमा अघि बढिसकेको जानकारी दिनुभयो। तीन दलबीचको समझदारी सकिएको हो भन्ने जिज्ञासामा उहाँले…