काठमाडौं, ५साउन । काठमाडौंको बौद्ध क्षेत्रमा खाजाघर सञ्चालन गर्दै आएकी एक महिलाले आत्मदाहको प्रयास गर्दा गम्भीर घाइते हुनुभएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार काभ्रेको तिमाल स्थायी घर भई हाल बौद्धमा बसोबास गर्दै आउनुभएकी २७ वर्षीया सालु गुरुङले सोमबार बेलुका करिब ३:४५ बजे बौद्ध गेटअगाडि आत्मदाहको प्रयास गर्नुभएको हो।
प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार उहाँको शरीरको करिब ५० प्रतिशत भाग जलेको छ। घटनालगत्तै उहाँलाई गोकर्णेश्वर–६ स्थित सुष्मा कोइराला मेमोरियल अस्पताल लगिएको थियो। अवस्था गम्भीर भएपछि थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा रेफर गरिएको प्रहरीले जनाएको छ।
विवाहित गुरुङ बौद्ध क्षेत्रमा खाजाघर सञ्चालन गर्दै आउनुभएको बताइएको छ। आत्मदाह प्रयासको कारण भने हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।







प्रतिक्रिया