काठमाडौं, १८ मंसिर । यसवर्षको हिउँदमा देशका धेरै ठाउँमा सरदरभन्दा कम वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार अधिकतम तथा न्यूनतम दुवै तापक्रम सरदरभन्दा बढी रहने सम्भावना छ । विभागले सार्वजनिक गरेको हिउँदपूर्व आँकलनअनुसार सुदूरपश्चिम, कर्णाली र गण्डकीका केही उत्तरी–पश्चिमी क्षेत्रमा वर्षा कम, सरदर वा बढी हुने सम्भावना बराबर छ…