काठमाडौं, ४ साउन । कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बाट च्याउ खोज्न जंगल गएका १४ जना महिला सम्पर्कविहीन भएका छन्। उनीहरूको खोजीका लागि प्रहरी र सम्बन्धित निकायले तीव्र रूपमा उद्धार तथा खोज अभियान सञ्चालन गरेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतका अनुसार भीमदत्त नगरपालिका–१९ को दशरथ टोलका ती महिलाहरू आइतबार बिहान…