एमालेले संसदीय भूमिकालाई प्रभावकारी बनाउन विज्ञहरूको समूह निर्माण गर्दै

काठमाडौं, ३ साउन । नेकपा एमालेले संसदीय गतिविधिलाई थप व्यवस्थित, तार्किक र प्रभावकारी बनाउन विज्ञहरूको ज्ञान र सुझावलाई संस्थागत ढङ्गले उपयोग गर्ने नीति अघि सारेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज आयोजित कार्यक्रममा बोल्दै एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले संसद‍्मा पार्टीको प्रस्तुतिलाई केवल राजनीतिक मात्र नभई प्राज्ञिक, बौद्धिक र तथ्यपरक बनाउनुपर्नेमा जोड दिनुभयो…