काठमाडौं, २ साउन । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन थप सक्रिय भई दुई दिनसम्म भारी वर्षाको सम्भावना रहेकाले सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक शनिबार र आइतबार टाढाको तथा रातिको यात्रा नगर्न आग्रह गरेको छ। गृह मन्त्रालयअन्तर्गतको प्राधिकरणले जारी गरेको सतर्कता सूचनाअनुसार भारी वर्षासँगै आकस्मिक बाढी, पहिरो, कटान, गेग्रान बहाव तथा सहरी र तराई क्षेत्रमा…