संघीय संसद्का सांसदले भदौ २९ गतेसम्ममा सम्पत्ति विवरण बुझाउनुपर्ने

काठमाडौं, १ साउन । संघीय संसद्का सांसदले आगामी भदौ २९ गतेसम्म सम्पति विवरण बुझाउनुपर्ने भएको छ । उपसचिव अधिराज राईले शुक्रबार जारी गरेको विज्ञप्तिमा राष्ट्रियसभा र प्रतिनिधिसभाका सांसदलाई ६० दिनभित्र विवरण बुझाउन भनिएको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० को (१) र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१ को उदफा ९१०को प्रयोजनका लागि विवरण बुझाउनुपर्ने उल्लेख छ ।

प्रकाशित मिति: १ श्रावण २०८३, शुक्रबार  १३ : ४९  बजे