काठमाडौं, ४ कार्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले विजयादशमीको शुभसाइतमा गुरु–पुरोहितबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्नुभएको छ।
शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा राष्ट्रपति पौडेलले बुधबार बिहान १० बजेर २६ मिनेटको शुभसाइतमा टीका, जमरा र आशीर्वाद ग्रहण गर्नुभएको हो।
विगतका वर्षमा राष्ट्रपतिले सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम गर्दै आएको भए पनि गत वर्षदेखि उक्त कार्यक्रम रोकिएको छ। मुलुकले विषम परिस्थितिको सामना गर्नुपरेको र शान्तिपूर्ण तथा हर्षोल्लासपूर्ण वातावरण नरहेको भन्दै सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम नगरिएको हो।












प्रतिक्रिया