काठमाडौं, ६ साउन । बझाङ केन्द्रविन्दु भएर आज बिहान ४.२ म्याग्निच्युडको भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ४:४० बजे बझाङ जिल्लाको कोट्देवल केन्द्रविन्दु भएर भूकम्प गएको हो।
भूकम्पको धक्का बझाङका साथै बैतडीका केही क्षेत्रमा पनि महसुस गरिएको स्थानीयले बताएका छन्।
हालसम्म भूकम्पबाट भएको मानवीय वा भौतिक क्षतिको कुनै विवरण प्राप्त नभएको सम्बन्धित निकायले जनाएको छ। घटनाबारे थप विवरण संकलन भइरहेको छ।







प्रतिक्रिया