काठमाडौं, १५ भदौ । नेकपा एमालेका सचिव महेश बस्नेतले बाढीपीडितको सहयोगार्थ स्थापना गरिएको प्रधानमन्त्री राहत कोष विश्वसनीय र प्रभावकारी बन्न नसकेको आरोप लगाउनुभएको छ। कोषमा ठूलो रकम जम्मा भए पनि त्यसको प्रभावकारी परिचालन हुन नसकेको र बाढीपीडितसम्म सामान्य राहतसमेत पुग्न नसकेको उहाँको दाबी छ। प्रधानमन्त्री राहत कोषमा व्यक्ति, संघ–संस्था तथा राजनीतिक दलहरूले रकम जम्मा गरिरहेका…