पुनर्निर्माणको कार्यढाँचा तीन दिनभित्र पेश गर्न मन्त्री लम्सालको निर्देशन

काठमाडौं, १५ भदौ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले रसुवा बाढीपछिको पुनर्निर्माणका लागि तीन दिनभित्र कार्यढाँचा (फ्रेमवर्क) तयार गरी पेश गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। सिंहदरबारमा सोमबार आयोजित बैठकमा मन्त्री लम्सालले उद्धार र राहतको चरणसँगै अब पुनर्निर्माणको काम अघि बढाउनुपर्ने बताउनुभयो। उहाँले राष्ट्रिय योजना आयोग, मुख्य सचिव तथा विज्ञ सुशील ज्ञवालीसहितको टोलीलाई विद्यमान ऐन–कानुनको सीमाभित्र…