रवि लामिछानेसँग चिनियाँ राजदूत माओ मिङको भेटवार्ता

काठमाडौं, १६ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग नेपालका लागि चिनियाँ राजदूत माओ मिङले भेटवार्ता गर्नुभएको छ । मंगलबार बूढानीलकण्ठस्थित लामिछानेको निवासमा भएको भेटमा भोटेकोशी बाढीबाट उत्पन्न विपद्को अवस्थाबारे छलफल भएको रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो । भेटका क्रममा राजदूत मिङले भोटेकोशी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्नुभयो…