क्षेप्यास्त्रको भग्नावशेष खस्दा यूएईमा सात नेपाली घाइते, एकको अवस्था गम्भीर

काठमाडौं, २० चैत्र  ।  संयुक्त अरब इमिरेट्स (यूएई) को राजधानी अबु धाबीमा क्षेप्यास्त्र अवरोधपछि खसेको भग्नावशेष लागेर सात जना नेपाली घाइते भएका छन्। घाइतेमध्ये एक नेपालीको अवस्था गम्भीर रहेको जनाइएको छ। अबु धाबी मिडिया अफिसका अनुसार आकाशमा प्रहार गरिएका क्षेप्यास्त्र र ड्रोनलाई वायु प्रतिरक्षा प्रणालीले अवरोध गर्ने क्रममा खसेको भग्नावशेष अज्बान क्षेत्रमा मानिसमाथि परेको हो।…