सरकारले दुई चरणमा निर्वाचन गरेर षडयन्त्र रच्न खोजेको एमाले सचिव बस्नेतको आरोप

काठमाडौँ, २१  माघ ।  नेकपा एमालेका सचिव महेश बस्नेतले सरकारले दुई चरणमा निर्वाचन गरेर षडयन्त्र रच्न खोजेको आरोप लगाउनुभएको छ । बुधबार काठमाडौं उपत्यकाका सूर्य चिन्हका उम्मेदवारसँग संवाद कार्यक्रममा बोल्दै सचिव बस्नेतले राष्ट्रिय सभामा प्रधानमन्त्रीको सम्बोधनपश्चात निर्वाचनमा षडयन्त्र गर्न खोजेको आरोप लगाउनुभएको हो । कसैको एजेण्डा स्थापित गर्न सरकार माध्यम बन्न लागेको उल्लेख गर्नुभयो ।…